सार्वजनिक सवारीमा टिकट अनिवार्य, यात्रुले समेत मापसे गर्न नपाउने

.

काठमाडौं । चाडबाडका अवधिमा हुने सार्वजनिक यात्रालाई व्यवस्थित र सुरक्षित गराउन सबै यात्रुले अनिवार्य टिकट लिनु पर्ने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नुपर्ने निर्णय गरेको छ ।

टिकट काउन्टरबाट समेत यात्रुको परिचय खुल्ने विवरण सहितको चलानी लिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय मंगलबारको बैठकले गरेको छ ।

अनधिकृत काउन्टर, परिचय पत्र, पोशाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कामलाई पूर्ण निर्णय गर्ने/गराउने निर्णय समेत गरिएको छ ।

यात्रुका लागि आवश्यक सवारी साधनको व्यवस्था यातायात व्यवसायीले मिलाउने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले सवारी चालकले यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था मिलाउनु पर्ने निर्णय समेत गरिएको छ ।

सार्वजनिक यातायातमा यात्रुले समेत मादक पदार्थ सेवन (मापसे) गरी यात्रा गर्न पाउने छैनन् ।

यो पनि पढ्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति