विराटनगर । बुधबार दिउँसो विराटनगर महानगरपालिका–२ मुनालपथमा रहेको इलेक्ट्रिक सो–रुममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको छ ।
भब्या इन्टरनेशनल इलेक्ट्रिक सो–रुममा आगलागी हुँदा डेढ करोड बराबरको क्षति भएको प्रहरीले बताएको हो ।
विद्युतीय २ पांग्रे सवारीसाधनको सो–रुममा दिउँसो २ः४० बजेतिरबाट आगलागी भएको थियो । एक घण्टापछि दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीमा इलेक्ट्रिक साइकल ८० वटा, इन्भटर ६०, ब्याट्री २ सय, ल्यापटप २, कम्प्युटर २, एसी १, प्रिन्टर १ वटा, फर्निचर, स्पेयर पाट्र्स, सीसी टिभीलगायतका सामान जलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
आगलागीको कारण खुलेको छैन । भब्या इन्टरनेशनल संचालक मनिष वंशलले आगलागीबाट सो–रुम ध्वस्त भएको जानकारी दिए ।
उनले आगलागीमा डेढ करोडभन्दा बढीको क्षति भएको जानकारी दिए ।