झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा एउटा बस भेटियो, तीन जनाको शव फेला

nepalish-add

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ।

नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ।

उक्त पहिरोमा थप तीनवटा शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन। गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको भए पनि पुष्टि भने भइसकेको छैन।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन भएको दरौदी यातायात प्रालिले जनाएको छ।

उक्त बस नै झ्याप्लेखोलामा गएको पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found