बिर्तामोड । दसैँको चहलपहल सुरु भइसकेको छ। असोज १७ गते घटस्थापनाका दिनदेखि देश-विदेशबाट घर फर्किनेहरूको लर्को लाग्न थालेको छ।
तर, खासगरी यही असोज ११ र १२ गतेको लगातार वर्षाले देशभर विभिन्न स्थानमा सडक बिग्रिँदा दसैँका लागि यात्रा गर्नेहरूले सास्ती भोग्नुपरिरहेको छ।
मेची राजमार्गकाे इलामको माइखोला-गोलाखर्क सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
फिदिमको रमिते क्षेत्र र हेवाखोलमा त १२ गतेबाटै सडक अबरुद्ध छ ।
यसैबीच मेचीराजमार्गको चारआलीबाट पाँचथरको फिदिम सम्म सडकको अवस्था कहाँ, कस्तो छ भन्ने विषयमा यो रिपोर्ट केन्द्रित छ।
अब हेरौँ मेचीराजमार्गमा कहाँ सडकको अवस्था कस्तो छ?
मेचीराजमार्ग झापाको चारआली देखि इलामको माइखोला सम्म कुनै अबरोध छैन् ।
इलामको माइखोला-गोलाखर्क सडक खण्ड पूणर् रूपमा अवरुद्ध भएको छ । लामो समयदेखि पानी पर्नेबित्तिकै बिग्रिने गरेको यो खण्ड शुक्रबारदेखि पूर्ण रूपमा बन्द भएको हो ।
माइखोला छेउ राजदुवालीमा लेदो सहितको पहिरोको कारण शुक्रबार देखि नै अबरुद्ध छ ।
शनिबार सडक विभाग र नेपाल आर्मी , शसस्त्र प्रहरी र नेपाल प्रहरीको सकृयतामा शनिबार साँझ सम्म मर्मत कार्य गरेपनि पहिरो गएको स्थान भन्दा माथिल्लो क्षेत्रमा सडक फाटेर जोखिम बढेपछि काम मर्मत रोकिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । बाटो कहिले खुल्छ भन्ने निश्चित छैन ।
इलाम देखि फिदिमको रमिते सम्म कुनै अबरोध छैन् । पाँचथरको रमितेमा १२ गतेबाटै सडक अबरुद्ध छ । लेदो सहितको पहिरोको कारण पटक पटक पहिरो पन्छाएर सडक खुलाए पनि सडक खुल्न सकेको छैन् ।
सडक विभागले पहिरो मुनि ग्याबिन पर्खाल लगाएर बाटो खोल्ने प्रयास गरिरहेको छ । सडकमा ग्रभल बिछ्याउने काम भइरहेकाे छ । रमितेमा पहिरो भएका कारण बैकल्पि मार्गको रुपमा फिदिम वडा नम्बर २ रमितेबाट भण्डारी गोलाइ हुँदै फिदिम सम्मको सडक सञ्चलानमा रहेकाले यो सडकबाट यात्रा गर्न सकिन्छ ।
अर्खौलेबाट हेवा खोला सम्म सडक सञ्चालनमा छ । शनिबार हेवाखोलामा डाइभर्सन निर्माणको १२ वटा ह्युम पाइप आए पछि शनिबारबाटै डाइभर्सन निर्माणको काम सुरु भएको छ । डाइभर्सन निर्माणको कार्य सकिन अझै २ दिन जति लाग्ने बताइएको छ ।