काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुस लिएको आरोपमा पक्राउ परेका ओलीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार ओलीले जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको थियो।
आयोगले उनलाई ८० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ ।
यो पनि पढ्नुहोस्।