कचनकवलको कमल बस्तीमा भएको आगलागीबाट ७० लाखको क्षति

झापा, फागुन ४ । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

EPIC EPIC

बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र टिनको छानो भएको) १० कोठे घरमा आगलागी भएको हो।

आगलागीका कारण घरसहित घरभित्र रहेको नगद १ लाख रुपैयाँ, २५ तोला सुन, ७५ तोला चाँदी, २ थान एसी, २ थान स्मार्ट टेलिभिजन तथा अन्य सामग्री जलेर करिब ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

हिजो साँझ ७:३७ बजे पूजाकोठामा बालेको दियोबाट आगो सल्किएर आगलागी भएको बताइएको छ। आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा भद्रपुर, मेचीनगर र बिर्तामोड नगरपालिकाका बारुण यन्त्र परिचालन गरिएको थियो। अन्ततः राति १० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC