न्यायालयदेखि सिंहदरबारसम्म : सुशीला कार्कीको ऐतिहासिक यात्रा

nepalish-add

काठमाडौं । नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशको रुपमा इतिहास रचिसकेकी सुशीला कार्की आज फेरि नयाँ कीर्तिमान स्थापित गर्दै नेपालको ४६औँ प्रधानमन्त्री बनेकी छन्। अन्तरिम सरकार गठनका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन्। यससँगै उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन्।

प्रारम्भिक जीवन र शिक्षा

सुशीला कार्कीको जन्म २००७ सालमा विराटनगरमा भएको हो।

  • उनले महेन्द्र मोरङ बहुमुखी क्याम्पस, विराटनगरबाट बीए पास गरिन्।
  • त्यसपछि भारतको बनारसस्थित हिन्दु विश्व विद्यालय (बीएचयू) बाट राजनीतिकशास्त्रमा स्नातकोत्तर गरिन्।
  • भारतबाट फर्किएपछि उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेकी हुन्।

शिक्षामा गहिरो लगाव राख्ने उनी केही समय अध्यापनमै पनि संलग्न रहिन्।

पेशागत यात्राको सुरुवात

कार्कीले आफ्नो पेशागत यात्रा २०३५ सालमा कानून व्यवसायी (वकालत) बाट सुरु गरिन्। केही समय उनले शिक्षण पेसामा पनि योगदान दिइन्। २०४२ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्यापन गरेकी उनी पछि वकालत पेसामै सक्रिय भइन्।

न्यायिक यात्रा

  • २०६५ सालमा कार्की सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन्।
  • २०६७ सालमा उनी स्थायी न्यायाधीश बनिन्।
  • २०७३ सालमा उनी नेपालको इतिहासमै पहिलो महिला प्रधानन्यायाधीश नियुक्त भइन्।

प्रधानन्यायाधीशका रुपमा उनको कार्यकाल छोटो भए पनि निडर निर्णयका कारण उनी इतिहासमा अमिट छाप छोड्न सफल भइन्।

ऐतिहासिक फैसला : लोकमानसिंह कार्की पदमुक्त

प्रधानन्यायाधीश सुषिला कार्की नेतृत्वको इजलासले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई योग्यता नपुगेको आधारमा पदमुक्त गर्ने ऐतिहासिक फैसला गरेको थियो।यो निर्णयलाई नेपालमा भ्रष्टाचारविरुद्धको लडाइँको ऐतिहासिक मोड मानिन्छ। यसपछि उनी निडर, इमानदार र जनमुखी न्यायाधीशका रुपमा चिनिइन्।

विवाद र चुनौती

२०७४ सालमा प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सरकारको निर्णय बदर गर्ने उनको इजलासको फैसला विवादमा तानियो। त्यसपछि सरकार स्वयंले उनलाई हटाउन महाअभियोग प्रस्ताव दर्ता गर्‍यो। तर सर्वोच्च अदालतले महाअभियोगलाई रोक लगाउँदै उनलाई पुनः पदमा फर्कायो।

अवकाशपश्चातको सक्रियता

न्यायिक अवकाशपछि पनि उनी नागरिक अधिकार, सुशासन र पारदर्शिताको पक्षमा सक्रिय रहिन्। विभिन्न सार्वजनिक बहस र नागरिक आन्दोलनमा उनको आवाज निरन्तर सुनिन्थ्यो।

प्रधानमन्त्रीमा नियुक्ति : नयाँ अध्याय

भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलनले ओली सरकार पतन भएपछि बनेको अन्तरिम सरकारको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई दिए।

उनको नियुक्तिले नेपालमा पहिलोपटक महिला नेतृत्वलाई कार्यकारी भूमिकामा ल्याएको छ।

चुनौती र अपेक्षा

प्रधानमन्त्रीका रुपमा कार्कीले ठूला चुनौतीहरूसँग जुध्नुपर्नेछः

  • भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन
  • राजनीतिक सहकार्य र स्थायित्व कायम गर्ने
  • आर्थिक पुनरुत्थान
  • ६ महिनामा चुनाव गराउने

जनताले उनलाई न्यायपालिका जस्तै कार्यपालिकामा पनि निडर, पारदर्शी र इमानदार नेतृको रुपमा काम गर्ने अपेक्षा राखेका छन्।

वकिल, शिक्षक, न्यायाधीश हुँदै प्रधानमन्त्रीसम्मको यात्रा तय गरेकी सुशीला कार्की नेपालमा महिला नेतृत्वको ऐतिहासिक प्रतीक बनेकी छिन्। विशेषगरी लोकमानसिंह कार्कीलाई पदमुक्त गर्ने निडर फैसला जस्तै उनका निर्णयहरूले देखाएझैँ, प्रधानमन्त्रीको रुपमा पनि उनले मुलुकलाई पारदर्शिता र जवाफदेहिताको बाटोमा अघि बढाउने जनअपेक्षा उच्च छ।

कार्कीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

suraj-dangal
सुरज दंगाल

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found