जेनजी आन्दोलनले रोकिएको ‘जारी २’ भाइटीकामा आउने

काठमाडौं । जेनजी आन्दोलनले रोकिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

जसअनुसार उपेन्द्र सुब्बा निर्देशित फिल्म तिहारको भाइटीका अवसरमा ६ कात्तिकमा देशब्यापी रिलिज हुनेछ ।

यसअघि सोही मितिमा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ७ कात्तिकमा ‘मैझारो’ पनि आउने तय छ ।

दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी २’ दुई वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । पहिलो भागले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति