भदौमा पाथीभरामा करिब १० लाख भेटी संकलन

ताप्लेजुङ । प्रशिद्ध तिर्थस्थल ताप्लेजुङको पाथीभरामा भदौ महिनामा करिब १० लाख रुपैयाँ भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार भदौमा चार हजार ५०३ तीर्थयात्रीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

समितिका निर्देशक प्रजिन हाम्बाङका अनुसार भदौमा नौ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको छ ।

1000009385

पाथीभरा मन्दिर नेपाली हिन्दू तथा किरात धर्माबलम्बीहरूमा श्रद्धाको केन्द्रका रूपमा रहेको छ ।

विशेष गरी दशैँको नवरथा तथा चैत महिनामा यहाँ हजारौ दर्शनार्थी पुग्ने गर्छन । तिर्थयात्रीहरूको निरन्तर आगमन र श्रद्धाभावका कारण मन्दिरको धार्मिक, सामाजिक तथा आर्थिक महत्व बढ्दै गएको छ ।

स्थानीय तह, मन्दिर व्यवस्थापन समिति तथा सुरक्षा निकायको सहकार्यमा दर्शनार्थीहरूको सुविधाका लागि विभिन्न पूर्वाधार निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति