एनपीएल तोकिएकै समयमा हुन्छ – क्यान

nepalish-add

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ ।

जेनजीको भ्रष्टाचचार विरोधी आन्दोलनलका कारण अहिले नेपाली खेलकुद गतिविधि प्रभावित बनिरहेको अवस्थामा एनपीएलको दोस्रो संस्करणको अवस्था के होला भन्ने धेरैको चासो र कौतुहलता थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु गर्ने गरी क्यानले मिति तोकिसकेको छ । क्यान प्रवक्ता छुम्बी लामाले एनपीएल तोकिएकै समयमा हुने जानकारी दिए ।

‘पछिल्लो अवस्था पछि क्यानले फ्रेन्चाइजहरुसँग पनि एक चरण छलफल गरिसकेको छ । त्यसमा यसअघि तोकिएकै मितिमा एनपीएल गर्ने सहमति भएको छ’ उनले भने ।

एनपीएलको दोस्रो संस्करणका लागि क्यानले खेलाडीको अक्सन समेत गरिसकेको छ । यस्तै केही टिमले मुख्य प्रशिक्षक र विदेशी खेलाडीहरु समेत घोषणा गरिसकेका छन् ।

यद्यपी क्यान प्रवक्ता लामाका अनुसार अहिलेको अवस्थामा एनपीएल तोकिएकै समयमा आयोजना गर्ने क्यानको तयारी रहेको तर परिस्थिति अनुसार अघि बढ्नुपर्ने बताए । ‘अब हामीले भनेर मात्रै पनि हुँदैन । सुरक्षा व्यवस्था लगायत सबै कार अनुकुल हुनुपर्छ । तर अहिलेको अवस्थामा भने एनपीएल तोकिएकै मितिमा गर्ने क्यानको योजना छ’ उनले भने ।

एनपीएलमा साविक विजेता जनकपुर बोल्ट्ससहित विराटनगर किङ्स, काठमाण्डू गोर्खाज, चितवन टाइगर्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुरपश्चिम रोएल्सले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found