काठमाडौं । जेनजी आन्दोलनको मुख्य उद्देश्य थियो- भ्रष्टाचार रोक्नु । यसविरुद्ध युवापुस्ता आन्दोलनमा उत्रिँदा तत्कालिन सरकारले बर्बर दमन मात्र गरेन, मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।
भ्रष्टाचारविरुद्ध अहिले जेनजी मात्र होइन, आमसर्वसाधारण पनि एक छन् । सरकारले आउँदो फागुनमा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । चुनाव नजिँकिदै गर्दा भ्रष्टाचारविरुद्धको एजेन्डा सशक्तरुपमा अघि आउने अनुमान गरिएको छ ।
यस्तोमा, अभिनेत्री केकी अधिकारीले पनि भ्रष्टाचार गर्दिन भनेर सबैले सपथ लिनुपर्ने बताएकी छन् । फेसबुकमा बुधबार स्टाटस लेख्दै उनले जेनजी आन्दोलनका शहिदको त्यागलाई खेर जान दिन नहुने बताएकी छन् ।
केकी लेख्छिन्, ‘ आज एउटा सपथ हामी पनि लिऔं आफैसँग । भ्रष्टाचारविरुद्ध जुन उद्देश्य र सपना बोकी हाम्रा वीर सहिदहरू लडे, आज एउटा सपथ लिऔं, घुस लिने र दिने गर्ने छैनौं । भ्रष्टाचार र भ्रष्टाचारीलाई ठाँउ दिने छैनौं । यो त्याग र बलिदान खेर जान दिने छैनौं ।’