काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।
चाँदी तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज २५२० रुपैयाँमा झरेको छ ।
मंगलबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला २५९५ रुपैयाँ पुगेको थियो ।