मेयर साम्पाङले भने– घर तोडफोड हुने सूचना पाएपछि भागेँ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘जेनजी’को प्रदर्शनका क्रममा घर तोडफोड हुने सूचना पाएपछि आफू पनि भागेको बताएका छन् ।

बिहीबार (असोज २) कार्यपालिकाको बैठकमा उनले साम्पाङ समूहकै केही मानिसले कार्यपालिका सदस्यलाई समेत ‘टार्गेट’ गरेको आरोप लगाइएपछि आफू घरबाट भागेको बताए । उनले भने, “तर, राम्रो पक्ष के हो भने सबैतिर स्थानीय तहका कार्यालय आगजनी हुँदा धरानमा हामीले रोक्यौँ ।”

त्यस्ता घटनामा संलग्नलाई खोजेर कारबाही गर्नुपर्ने पक्षमा आफू रहेको उनले स्पष्ट पारे ।

आफूलाई देशको नेतृत्व लिन आग्रह गरिएपछि काठमाडौंं गएको उनको भनाइ थियो । “तर, धेरै खेल हुँदो रहेछ, हामीले त के बुझेका रहेछौँ त !” उनले भने ।

धरानमा तीन प्रमुख दलका कार्यालयमा तोडफोड गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति