म्यानचेस्टर सिटीको जित

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। सिटीले नापोलीलाई २- ० ले पराजित गरेको छ।

सिटीका लागि पहिलो गोल ५६औँ मिनेटमा एर्लिङ हालान्डले गरे। फिल फोडेनको क्रसलाई हालान्डले उत्कृष्ट हेडरमार्फत गोल गरे ।

योसँगै च्याम्पियन्स लिगमा हालान्डको‌ ५० गोल पूरा भएको छ। उनले ४९ खेलमा यो सफलता प्राप्त गरेका हुन्।

दोस्रो गोल ६५औँ मिनेटमा जेरमी डोकुले गरे। बक्स नजिकै बल पाएका डोकुले तीन नापोली खेलाडीलाई छक्याउँदै गोल गरे।

बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २- १ ले हरायो। बार्सिलोनाका लागि मार्कस राशफोर्डले ५८औँ र ६७औँ मिनेटमा गोल गरे भने न्यूक्यासलका एन्टोनी गोर्डनले ९०औँ मिनेटमा एक गोल फर्काए।

पोर्चुगिज क्लब स्पोर्टिङ सिपीले घरेलु मैदानमा काइराट आल्माटीलाई ४- १ ले पराजित गर्‍यो। जर्मन क्लब आइन्त्राख्ट फ्रान्कफर्टले गलातासारेमाथि ५-१ को फराकिलो जित निकाल्यो।

डेन्मार्कमा एफसी कोपेनहेगन र बायर लेभरकुसेनबीचको खेल २-२ को बराबरीमा टुंगियो।

बेल्जियमको क्लब ब्रुगले मोनाकोलाई ४-१ ले हराउँदै प्रतियोगितामा बलियो सुरुवात गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति