भिसा नआउँदा यूएई उड्न पाएन नेपाली क्रिकेट टोली

काठमाडौं । भिसा नआउँदा नेपाली राष्ट्रिय क्रिकेट टोली युएई जान ढिला हुने भएको छ ।

नेपाली क्रिकेट टोली शुक्रबार युएई प्रस्थान गर्ने तयारीमा थियो । तर शुक्रबार बेलुकासम्म पनि नेपाली टोलीको भिसा नबउँदा नेापली टोली उड्न नपाएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए । खड्काले भिसाको प्रोसेस भइरहेको र आउने बित्तिकै युएई जाने बताए ।

नेपालले पहिलो पटक टेष्ट राष्ट्रसँग टी२०आई सिरिज खेल्न लागेको हो । नेपाल र दुई पटकको टी२० विश्वकप विजेता टिम वेष्ट इन्डिजबीच यही सेप्टेम्बर २७ देखि ३० सम्म युएईको शारजहामा टी२० आई सिरिज हुने तय छ । सिरिजमा तीन खेल हुनेछ ।

क्यानले बिहीबार युएई जाने क्रिकेट टोलीलाई बिदाई गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति