नेपालगन्ज उपमहानगर सहित बाँकेका केही ठाउँमा निषेधाज्ञा

nepalish-add

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपलिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

दसैंको अवसरमा दुर्गाका मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार दिउँसो दुई समुदायबीच झडप भएपछि निषेधाज्ञा लगाउनुपर्ने स्थिति आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

निषेधाज्ञा जारी भएका ठाउँमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर १५ को सुइया, पिप्रहवा र वडा नम्बर २३ को भजिपुरवा, जंगलिपुरवा र लोहरनपुरवा छन्।

त्यस्तै, डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र र नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शनिबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा घोषणा गरेका हुन्।

डुडुवा गाउँपालिका-६ हिरमिनियामा केही घुम्ती पसल लगायतमा आगजनी गरिएको थियो। यसबाट हुलदंगा फैलिन सक्ने अवस्था देखिएकाले शान्ति सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरिएको हो।

यसअनुसार कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा सम्मेलन तथा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found