विर्तामोड। हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव छ।
काठमाडौं उपत्यकादेखि पूर्वको झापासम्म भीषण वर्षा भएको छ।
पूर्वमा वर्षा जारी छ भने काठमाडौंमा वर्षा मत्थर भएको छ।
आइतबार दिउँसो कोशी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थानहरूमा पूूर्ण बादल लाग्ने अवस्था छ।
बागमती, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरूमा आंशिक बदलीको सम्भावन छ।
कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेस प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।