इलाममा बाढी-पहिरो: मृतकको संख्या २८ पुग्यो

nepalish-add

विर्तामोड । इलाममा गएको बाढी-पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।

६ वटा पालिकामा गएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सूर्योदय नगरपालिका-१ मा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

त्यस्तै, इलाम नगरपालिका-६ मा ६ जनाको मृत्यु भएको छ।

देउमाइ नगरपालिकामा दुई जना, खापखुकपुङ गाउँपालिकामा एक जना, माङ्सेबुङका तीन जना र माइजोकमाइ गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए।

सन्दकपुर गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो

माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found