मौसम कमजोर हुँदै, कोशीमा भने हल्का वर्षाको सम्भावना

nepalish-add

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । तर, सामान्य प्रभाव भने कायमै छ । जसका कारण पूर्वी नेपालका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found