काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया र इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ।
शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल गरेको थियो भने समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो।
सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएईले प्रतिस्पर्धा गर्न लागेका हुन्।
सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।