श्रीमती र दुई छोरीको हत्यापछि आत्महत्या !

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।

EPIC EPIC

ईश्वरीका श्रीमान् पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

ट्रेन्डिङ

No data was found