घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेल यथावत्

nepalish-add

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ ।

अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम भएको छ । यसअघि १ सय ६१ रुपैयाँ थियो । दोस्रो वर्गका सहर सुर्खेत र दाङमा १ सय ५८ रुपैयाँ कायम भएको छ । पहिलो वर्गका सहर चारआली, विराटनगर, जनपुर सहितमा १ सय ५६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ ।

यसअघि निगमले नेपालमा चाडपर्व मध्यनजर गर्दै अघिल्लो महिना भने मूल्य स्थिर राख्ने निर्णय गरेको थियो । इन्डियन आयल कर्पोरेसनबाट १५ सेप्टेम्बर र ३० सेप्टेम्बर दुवै मितिमा पेट्रोलमा क्रमशः २.२९ रुपैयाँ र ०.२४ रुपैयाँ बढेर आएको थियो । डिजेलमा भने त्यसबेला क्रमशः ३.४६ र २.३५ रुपैयाँ बढेर आएको थियो ।

Petrol
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found