झापाको बुद्धशान्तिमा आगलागी, गोठ जल्दा चार लाखको क्षति

nepalish-add

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–२ प्रगतिटोलमा आज बिहान गाइगोठमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बुद्धशान्ति–२ का प्रेमप्रसाद कार्कीको घर नजिकै रहेको काठ र टिनले बनेको गाई गोठमा आज बिहान ३ः४० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

आगो स्थानीयबासी र घरपरिवारको सहयोगमा बिहान ५ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट गोठ, पराल, काठ र करिब ३० मन मकै पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गोठमा रहेको एक गाई आंशिक रूपमा जलेर घाइते भएको जनाइएको छ । आगलागीबाट करिब रु. चार लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

ताजा अपडेट

EPIC

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found