इसराइल र हमासबीच युद्धविराम सम्झौता, हमासले कहिले छाड्छ बन्धक?

काठमाडौं । इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता भएको जानकारी दिएका छन्। ट्रम्पले आजको दिनलाई विशेष दिन समेत भनेका छन्। ट्रम्प […]
अमेरिकामा सटडाउन : साढे सात लाख कर्मचारी बिदामा, सरकारी कार्यालय ठप्प

काठमाडौं । समयमा बजेट पास हुन नसक्दा अमेरिकामा सरकार आंशिक रूपमा बन्द (सटडाउन) भएको छ । यसका कारण करिब साढे सात लाख संघीय कर्मचारी बिदामा परेका छन् । तीमध्ये करिब तीन लाखसम्म स्थायी रूपमा नोकरी गुमाउने जोखिममा रहेको जनाइएको छ। सटडाउनसँगै कृषि, श्रम, पशु चिकित्सा, सर्वोच्च तथा संघीय अदालत, लाइब्रेरी अफ कंग्रेस, अमेरिकी बोटानिकल गार्डेन, […]
बाढीग्रस्त क्षेत्रमा ढिला पुगेका स्पेनका राजालाई नागरिकले गरे दुर्व्यवहार

काठमाडौं । स्पेनका राजा फिलिप छैटौंलाई बाढीग्रस्त क्षेत्र भ्यालेन्सिया क्षेत्रको भ्रमणको क्रममा रुष्ट बाढी पीडित नागरिकले दुर्व्यवहार गरेका छन् । बीबीसीका अनुसार बाढीबाट नराम्ररी प्रभावित उक्त क्षेत्रको भ्रमणमा पुगेका राजा फिलिपलाई रुष्ट भिडले ‘हत्यारा’ र ‘लाच पचाएको’ भन्दै माटो फ्याँकेका छन् । बाढी प्रभावित क्षेत्रमा आउन राजाले ढिला गरेको पनि प्रदर्शनकारीले बताएका छन् । क्रोधित […]
इजरायलले गर्यो इरानमा आक्रमण, तेहरानमा सुनियो ठूलो विस्फोटको आवाज

काठमाडौं । इजरायलको सेनाले इरानी सैन्य निशानामा ‘सटीक हमला’ गरिरहेको बताएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरूजस्तै इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ ।’ इजरायलले एक विज्ञप्ति जारी गरी कारबाही जारी रहेको जनाएको छ । इरानको सरकारी सञ्चारमाध्यमले पनि राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ […]
भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना

काठमाडौं । भारतको मुम्बईबाट उडान भर्ने तीन विमानमा बम राखिएको सूचना प्राप्त भएको जनाइएको छ । बम राखिएको भनिएको एउटा विमान मुम्बईबाट अमेरिकाको न्युयोर्कतर्फ गइरहेको एयर इन्डियाको हो । बम राखिएको सूचनापछि उक्त विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गराइएको छ । विमान २३९ यात्री सवार छन् । यस्तै, मुम्बईबाट ओमानको मस्कट र साउदी अरेबियाको […]
जितिया पर्वमा नुहाउन नदीमा पसेका ४६ जनाको मृत्यु

भारतको बिहार राज्यमा जितिया पर्वका अवसरमा तलाउ र नदीहरूमा नुहाउने क्रममा डुबेर ४६ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार तीमध्ये ३७ जना बालबालिका छन्। बिहार सरकारको आपदा प्रबन्धन विभागका अनुरार राज्यको अलग अलग जिल्लामा जितिया पर्वको अवसरमा यो दुर्घटना भएको हो। मृतकमध्ये दुई जना पुरुष छन्। तलाउमा डुबेर सबैभन्दा धेरै आठ-आठ जना औरंगावाद र […]
भारतको बेंगलुरुमा नेपाली महिलाको बीभत्स हत्या, फ्रिजमा भेटिए शरीरका ३० टुक्रा

भारतको बेंगलुरुमा एकजना नेपाली महिलाको बीभत्स हत्या भएको छ । बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा एकजना नेपाली महिलाको हत्यापछि शव ३० टुक्रा पारेर अवस्थामा फ्रिजभित्र भेटिएको छ। हत्या गरिएकी २९ वर्षीय महालक्ष्मी दासको परिवार भने अन्तै बस्दै आएको थियो । शनिबार बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रिजमा महालक्ष्मीको शवका अनेक टुक्रा भेटिएका हुन् । द इकोनोमिक टाइम्सका अनुसार […]
रकेट आक्रमणपछि भारतको मणिपुरमा विद्यालय बन्द

भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा एक सर्वसाधारणको मृत्यु हुनुका साथै ६ जना घाइते भएपछि शनिबारदेखि विद्यालय बन्द गर्ने आदेश दिइएको छ । जातीय विभाजनका कारण एक वर्षअघि मणिपुरमा हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँ सुरु भएको थियो । स्थानीय सरकारको सूचनामा ‘विद्यार्थी र शिक्षकहरूको सुरक्षाका निम्ति राज्यका सबै विद्यालयहरू शनिबार बन्द […]
बमको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण

मुम्बईबाट फ्रान्कफर्ट जाँदै गरेको एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको छ। २४७ यात्रु र चालक दलका सदस्य बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो। धम्की दिनेको खोजी भइरहेको बताइएको छ। भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन। टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको […]
अमेरिकामा एक नेपाली मृत फेला

काठमाडौं । अमेरिकाको मेरिल्यान्डमा एक नेपाली युवक मृत भेटिएका छन्। मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान गत मंगलबार आफ्नै कोठामा मृत फेला भेटिएका हुन्। उनको मृत्युको कारण खुलेको छैन। चितवनको भरतपुरमा गणित शिक्षकसमेत रहेका उनी सन् २०१५ मा अमेरिका पुगेका थिए। अमेरिकामा रहँदा उनले धेरै अवरोधहरू सामना गरेको तथा केही वर्ष पहिले टेक्सासमा […]
