आज काग तिहार मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ । […]
यस्तो छ विदेशमा रहनेका लागि भाइटिकाको साइत

काठमाडौं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव आचार्य लक्ष्मण पन्थीद्वारा जारी विज्ञप्तिअनुसार काठमाडौँमा भाइटीकाको शुभ साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे रहेको जनाइएको छ । भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया, […]
कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

विर्तामोड । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र […]
आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीलाई स्वागत

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा […]
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट […]
नवरात्रको अन्तिम दिन: आश्विन शुक्ल नवमी, महानवमी पर्व मनाइँदै

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व बुधबार देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), […]
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको हो । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष […]
दशैँ,उमङ्ग, उत्साह र बाल्यकालको स्मृति

दशैँ शब्द कानमा गुञ्जिनेबित्तिकै मनमा असीम उमङ्ग र उत्साह जाग्दथ्यो। जब मेरो उमेर अरूको सहारा र संरक्षणमा रम्ने र रमाउने थियो, त्यसबेला हर्षको कुनै सीमा नै हुँदैनथ्यो। वर्षभरि प्रतीक्षा गरेपछि आउने दशैँ, त्यसमाथि पनि गाउँघरको त्यो छुट्टै रमाइलो वातावरण।। घर र बारीभरि ढकमक फुलेका फूलहरूको सुगन्ध, दशैँ विशेषमा घरको नयाँ सजावट र दृश्यले मनलाई मोहित […]
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौं । आज आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान […]
दशैं सुरु, आज घटस्थापना

काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा […]