पूर्णिमाको रात (कविता)

पूर्णिमाको रात चन्द्रमाका चम्कीला किरण निश्चल नदीको बहाव चन्द्र किरणको न्यानो स्पर्श ; टलक्क टल्कियो, नदी भित्रै चन्द्रमा लुके झैँ बग्दै गरेको पानीमा मोतिका दाना बहे झैँ अहो! बडो मनमोहक दृश्य; मन अनायसै भौतारीरहँदा नयनले भने सन्तुष्टिको चित्र कोरेछ ।।
अड्किनु (कविता)

अड्किनु पोहोर साल यस्तै समयमा बासी रोटी बुढाको घाँटीमा अड्कियो। पानी पनि उनिसँग जान सकेन मुखमै अड्कियो। पानी नपरेर आलीधुर गरेको खेत पनि बाँझै बस्यो वीउ व्याडमै अड्कियो। परीक्षा फि तिर्न नसकेर एस इ इमा सामेल हुन नसकेको छोरो घरमा बसेन मुम्बई पस्यो कुन्नि किन उतै अड्कियो। एक दिन बिहानै स्कुल हिंडेकी छोरी फर्केर कहिल्यै […]