बुद्धशान्तिमा ‘लोकराज ढुंगाना स्मृति च्यालेञ्ज कप प्रतियोगिता’ हुने

IMG 20250404 WA0079 scaled

बुधबारे– एन्फा रेफ्री तथा आदर्श युवा क्लबका पूर्व अध्यक्ष लोकराज ढुंगानाको सम्झनामा झापाको बुद्धशान्ति गाउँपालिकामा क्लबले ‘लोकराज ढुंगाना स्मृति च्यालेञ्ज कप फुटबल प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ। क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी बैशाख ६ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा झापाका सात र इलामको एक गरी जम्मा आठ टिम सहभागी हुने जनाएको छ। क्लबका […]

कचनकवलको कमल बस्तीमा भएको आगलागीबाट ७० लाखको क्षति

kachankawal fire

झापा, फागुन ४ । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र टिनको छानो भएको) १० कोठे घरमा आगलागी भएको हो। आगलागीका कारण घरसहित घरभित्र रहेको नगद १ लाख रुपैयाँ, […]

खो खो विश्वकप : महिलातर्फ नेपालको शानदार जित

kho kho women win

काठमाडौं । भारतमा जारी खो-खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३-२४ ले हराएको हो । खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ । समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र […]

एनपीएलमा कर्णाली याक्सको पहिलो जित

chaldwik dawan 1024x683 1

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई […]

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

Taplejung Jhadap cabalecar Kutakut 1024x569 1

बिर्तामोड । पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज […]

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

chhat puja

सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन आज […]

छठको दोस्रो दिन आज ‘खरना’  

chaiti chhath

बिर्तामोड । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता […]

सुरु भयो छठ पर्व, आज नहाय खाय

chhat

जनकपुरधाम । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ । पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख-समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन बुधबार खरना परेको छ । बुधबार साँझ […]

बिहेमा गाउँ नै दाइजो !

FB IMG 1730720029112

सुनसरी । नेपाली समुदायमा दाइजो प्रथा अझै छ । मधेस क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायका व्यक्तिले छोरी–चेलीको विवाह गर्दा दाइजोमा गच्छेअनुसार पैसा तथा गहना दिन्छन्, पहाडी समुदायले फर्निचर, गरगहना तथा अन्य सामग्री उपहार दिन्छन् । तपाईँहरूले अचम्म लाग्न सक्छ, तराईको एउटा समुदायमा गाउँ टोल नै दाइजो दिने चलन छ । मरिक (डोम) समुदायमा छोरी–चेलीको विवाह […]

छठसँगै खुसी आउँछ डोम समुदायमा

1730683361 Untitled design 27 1200x560 1

काठमाडौं । मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय। गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविको चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन । प्रायः हातमुख जोर्नकै समस्या भोग्न बाध्य हुन्छन्। हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका […]