दशैंको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिंदै

नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र […]
दसैँ यात्राः कहाँ, कस्तो छ मेची राजमार्गको अवस्था?

बिर्तामोड । दसैँको चहलपहल सुरु भइसकेको छ। असोज १७ गते घटस्थापनाका दिनदेखि देश-विदेशबाट घर फर्किनेहरूको लर्को लाग्न थालेको छ। तर, खासगरी यही असोज ११ र १२ गतेको लगातार वर्षाले देशभर विभिन्न स्थानमा सडक बिग्रिँदा दसैँका लागि यात्रा गर्नेहरूले सास्ती भोग्नुपरिरहेको छ। मेची राजमार्गकाे इलामको माइखोला-गोलाखर्क सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । फिदिमको रमिते […]
च्यांग्रा व्यापारीको यात्रा : रारादेखि फेवातालसम्म

काठमाडौं । उपल्लो मुस्ताङदेखि च्यांग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए । मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुगेका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्यांग्रा […]
यी हुन् विपद् संकटग्रस्त क्षेत्र घोषित ४१ स्थानीय तह

काठमाडौं । सरकारले बाढीपहिरो प्रभावित १२ जिल्लाका ४१ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट बढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित […]
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष […]
दशैं अगाडि बीपी राजमार्ग नखुल्ने

काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि नखुल्ने बताएको छ । मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो । त्यसको भोलिपल्ट बिहीबार भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केशवकुमार शर्माले भने, ‘दशैं अगाडि खुल्ने अवस्था छैन भन्ने निष्कर्षमा हामी पुग्यौं ।’ वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा मात्र १२ […]
नवरात्रको दोस्रो दिन : आज ब्रह्मचारिणी देवीको पूजा आराधना

नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक/एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो। यिनी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त भएको पुराणमा उल्लेख छ। कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला […]
लम्बियो मनसुन, दशैंको टीका अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम

काठमाडौं । नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक आज हो । तर मनसुन बाहिरिएको छैन । मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताइन् । सुदूरपश्चिमका जिल्लामा यसै हप्ताबाट मनसुन बाहिरिन सुरु गरे पनि कोशी प्रदेशमा भने […]
कोशी प्रदेशमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना

काठमाडौं । बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने भएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ । वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने […]
बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या २०५ पुग्यो

काठमाडौं। अविरल वर्षाको कारण आएको बाढी पहिरोलगायतका विपदमा परी मृत्यु हुनेको संख्या २०५ पुगेको छ । गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको हो । विपदमा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ […]