झापाको गौरीगञ्जमा आगलागीबाट एक जनाको मृत्यु

झापाको गौरीगञ्ज गाउँपालिका-१ बिर्खेबस्ति मा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेको प्रहरीले जनाएको छ ।

EPIC EPIC

आज बिहान तरकारी खेतीमा माथिबाट छोपेको परालमा अचानक आग्लागी हुँदा घिमिरेको आगोले जलि घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी महाभाराले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरीले घट्नास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोलीले मृतक घिमिरेको शवलाई कानुनी प्रकृया पुरा गरी पोष्टमाटमको लागि दमक अस्पताल पठाईएको जनाएको छ । प्रहरीका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found