अर्जुनधाराको बेल्टारमा आगलागी, एक घर जलेर नष्ट

खुदुनाबारी । झापाको अर्जुनधारा २ बेलटारस्थित एक घरमा आगलागी भएको छ । बेलटार चौकमा रहेको मानबहादुर सार्कीको घरमा आगलागी हुँदा पूर्णरुपमा नष्ट भएको छ ।

EPIC EPIC

सशस्त्र प्रहरी बल खुदुनाबारी बेस क्याम्पका असई हिरबहादुर राईका अनुसार बुधबार बेलुकी करिब साढे ९ बजे विद्युत सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी भएको करिब डेढ घण्टापछि बिर्तामोडको दमकल, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

टिनको छाना र सिमेन्टको वाल भएको उक्त घरमा केही समयदेखि भोजपुर स्थायी ठेगाना भएका दुई व्यक्ति भाडामा बस्दै आएका थिए । उनीहरु भने सुरक्षित रहेका छन् । ३ वटा कोठा भएको उक्त घर आगलागीबाट पुर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी ५ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

abhibyakti logo
अभिव्यक्ति

सम्बन्धित खबर

ट्रेन्डिङ

No data was found