खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद

खोटाङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन् । ३८ घरमा आंशिकरुपमा क्षति पुगेको छ । दुई जना घाइते भएका छन् । मानवीय क्षति नभए पनि करोडौं मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । ‘बाढी तथा पहिरोले जिल्लामा ठूलो […]
झ्याप्लेखोलाको पहिरो हटाइएसँगै सडक दुईतर्फी खुल्यो

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आइतबार साँझ साढे ७ बजेबाट सडक सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनहरू थानकोटमै रोकिएका थिए । काठमाडौंको चन्द्रगिरी नगरपालिका–२ र धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका–९ को सिमानामा […]
बाढीपहिरो र डुबानमा १७० जनाको मृत्यु, ४ हजारको उद्धार

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १७० जनाको ज्यान गएको छ। गृह मन्त्रालयले आइतवार साँझ पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले असोज १० गतेदेखि देशका अधिकांश ठाउँमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाबाट हालसम्म १७० जनाको मृत्यु र ४२ जना […]
जमुना खाेलाले बगाएकी झापाकी नेहारिका मृत भेटिइन्

झापा । दुईदिन अघि झापाको जमुना खोलाले साइकलसहित बगाएकी बालिका मृत भेटिएकी छिन् । कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचूँ राजवंशीकी छोरी १४ वर्षीया नेहारिका राजवंशी आइतबार दिउँसो मृत भेटिएकी हुन । बालिककाे शव बेपत्ता भएको स्थानबाट करिब २ किलोमिटर दक्षिण चमारभिट्टा गाउँबाट ५०० मिटर पूर्व सोनामुनि खोलाको डिलमा धानबारिमा भेटिएको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले […]
उदयपुरमा खोलाले बगाउँदा युवतीको मृत्यु

विराटनगर । उदयपुरको रौतामाई गाउँपालिका-१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार शनिबार खेतमा काम गरेर घर फर्किने क्रममा उनलाई ओडारे खोलाले बगाएको थियो। साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि परिवार तथा आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका थिए।
कोशीमा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

विराटनगर। बाढीपहिरोको कहरले आइतबार बिहानसम्ममा कोशी प्रदेशमा १५ जनाको मृत्यु भएको छ। अझै पनि ८ जना बेपत्ता छन्। पछिल्लो समय झापाको किस्ने खोलामा हामफालेर बेपत्ता बनेका गौरीगन्ज २ का केमालाल राजवंशी मृत फेला परेका छन् भने उदयपुरको रौतामाई १ की १५ वर्षीया हिसिला तामाङलाई ओडारे खोलाले बगाउँदा उनको मृत्यु भएको छ। यी दुई जनाको मृत्यु […]
झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा एउटा बस भेटियो, तीन जनाको शव फेला

काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ। नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ। उक्त पहिरोमा थप तीनवटा शव फेला परेको प्रहरीले जनाएको छ। शवको पहिचान भएको छैन। गोरखाबाट शुक्रबार बिहान छुटेको बस हुन सक्ने आशंका गरिएको […]
गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन

पोखरा । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो । बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । `बस हराएको भन्ने सूचना पाएका छौँ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन,´ गोरखा प्रहरीका सूचना […]
बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु
पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका […]