बाढीबाट काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्दार गरिएको छ भने २१ जना हइरहेका प्रहरीले जनाएको छ । बागमती, नख्खु लगायतका सबै नदीमा आएको बाढीले करिडोर सडक मात्र होइन, […]
झापामा दुईजनालाई बाढीले बगायो

झापा । झापामा दुईजना बाढीमा बगेका छन् । उनीहरू छुट्टाछुट्टै खोलामा आएको बाढीमा बगेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण आएको कृष्णे खोलामा आएको बाढीमा कमल गाउँपालिकाका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् । माछा मार्न खोलामा गएका उनी बेपत्ता भएका हुन् । यस्तै कचनकवल गाउँपालिका १ स्थित चमर भिट्टाबाट झकुवा टोल आउँदै गरेकी […]
मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, हेलिकप्टरमा काठमाडौं लगिँदै

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको शव भेटिएको छ । सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए । उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार ६ जना बालकको शव […]
कोशीमा ज्यान गुमाउनेको संख्या १० पुग्यो, पाँचथरमा सबैभन्दा बढी

विराटनगर । बाढीपहिरोमा परेर कोशी प्रदेशमा शनिबार अपराह्नसम्ममा १० जनाले ज्यान गुमाएका छन्। हालसम्म ८ जना बेपत्ता छन्। पहिरोले पुरिएर सबैभन्दा धेरै पाँचथरमा पाँच जनाको मृत्यु भएको छ। सोलुखुम्बु र धनकुटामा पहिरोले २–२ जनाको ज्यान लिँदा इलाममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ। शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बुको टाप्टिङमा दुई जनाको मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिका–१० […]
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ । विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना […]
अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अहिले भइरहेको परीक्षा सबै परीक्षा रोक्ने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २/३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ । बैठकले भइरहेको परीक्षा स्थगित गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
काठमाडौं उपत्यका जोड्ने सबै नाका बन्द

काठमाडौं । काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि यो सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ । पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने विपी राजमार्ग समेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका […]
कोशी ब्यारेजमा पुल माथिबाटै बग्न थाल्यो पानी, पैदल हिँड्न पनि रोक

विराटनगर । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ […]
झापाको कनकाई, मेची, विरिङ नदीमा आकस्मिक बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह

बिर्तामोड । झापाको कनकाई, मेची, विरिङ लगायतका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा झापाको गौरादह, चन्द्रगढी, केचना, अनारमनि र इलामको कनकाई मैनाचुली क्षेत्रको वर्षामान गरिएकोले कनकाई, मेची, विरिङ लगायतका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जानकारी गराएको हो । […]
आज लगातार झरीको सम्भावना : भोलि पूर्वतिर कम हुने, पश्चिमतिर बढ्ने

काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण […]