टीकाको अघिल्लो दिन जब छोराको शव आयो…

IMG 20241012 101841

काठमाडौं । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ […]

दशैंको टीका कता फर्किएर लगाउने ? टीका लगाउनुअघि केके गर्ने ?

Dashain 1024x624 1

काठमाडौं । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ११ बजेर ३६ मिनेट तोकिदिएको छ । परम्परा […]

आज दशैं, टीका लगाउन साइत नै कुर्नुपर्छ ?

dashain tika

काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग […]

दशैं : कुन देशमा कहिले, कति बजे छ टीकाको साइत ?

Dashain Tika Jamara

काठमाडौं । आज बडादशैंको अन्तिम दिन, मान्यजनबाट दुर्गादेवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भने नेपालसहित ३२ देशका लागि पनि बडादशैंको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा हुने बसोबास गर्ने […]

हेवा खोलामा डाइभर्सन, मेची राजमार्ग सञ्चालनमा

hewa khola Pul

फिदिम । पाँचथरको हेवा खोलामा डाइभर्सन बनेसँगै गाडी सञ्चालनमा आएको छ । मेची राजमार्गको हेवाखोलामा डाइभर्सन, रमिते पहिरो पन्छाउनका साथै माइखोलामा बाटो बनाएर राजमार्ग सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए । गत असोज १२ गते अविरल वर्षसँगै आएको बाढीले बेली ब्रिज बगाएपछि पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म […]

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

sunkoshi bridge khotang foksingtar 1727655486

काठमाडौं । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँचवटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार अन्य आठवटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । […]

आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै

Katyayani Devi

आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि […]

आज आश्विन शुक्ल पञ्चमी, स्कन्दमाताको पूजा आराधना गरिँदै

skandamata

आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), […]

झापा हत्या प्रकरण : अनैतिक सम्बन्धले राजेशको हत्या, मध्यरातमा मुनालाई भेट्न गएको खुलासा

1728317262 51201

बिर्तामोड । झापा बाह्रदशी गाउँपालिका– ७ की २० वर्षीया मुना मेचे (राजवंशी) सँगको अनैतिक सम्बन्धका कारण २२ वर्षीय राजेश हजामको हत्या भएको खुलेको छ । श्रीमान् अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरब गएपछि मुना पाँच वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन् । मध्यरात राजेश मुनाको घर गएपछि सो घटना भएको देखिन्छ । राजेश […]

झापाको बिरिङ खोला किनारमा मानव कंकाल फेला, चार जना प्रहरी नियन्त्रणमा

FB IMG 1728267636006

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । आइतबार बाह्रदशी–७ बिरिङ खोलाको पश्चिम किनारमा गडिएको अवस्थामा टाउको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । गत जेठ १५ गते बाह्रदशी–५ फुलाबारीका […]