कात्तिक १८ गते आइतबार ११: ३७ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः ३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि […]
आमा सम्झाउने ‘मातृचक्र’

संघर्ष, माया र ममताको प्रतिमुर्ति आमा शब्द सबैलाई प्रिय लाग्छ । प्राणी जगत्मा आमाको स्थान सबैभन्दा माथि छ । आमा शब्द भावनासँग जोडिएको छ । आमाको बारेमा धेरै साहित्य लेखिएका छन् । मुस्ताङमा यस्तो अनौठो ठाउँ छ जहाँ ढुङ्गामा आमाको सम्मान र स्मृतिमा शब्द खर्चन, भावना व्यक्त गर्न पाइन्छ । त्यो स्थान हो, मुस्ताङको घरपझोङ […]
मधुमेह बारे १० भ्रम र तथ्य

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वको कुल जनसंख्यामध्ये ४५ करोडमा मधुमेह छ । तीमध्ये थप ४५ करोडलाई आफूलाई मधुमेह लागेको थाहा नै छैन । यसरी थाहा नहुनुमा समाजमा फैलिएको कतिपय भ्रममा विश्वास गर्नु पनि हुनसक्छ । यस्ता भ्रमले मानिसलाई तथ्यमा विश्वास गर्न समेत गाह्रो बनाउँछ । र, सही जानकारी नपाउँदा मधुमेहबाट प्रभावितलाई यसको सामना गर्न […]
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा […]
जहाँ २० वर्ष नपुग्दै आमा बन्छन् किशोरी

स्याङ्जा । सत्र वर्षीया शुभा परियार यही साउन १४ गते छोराको आमा बनिन्। वालिङ नगरपालिका–७ पैदीकी परियारले वालिङस्थित ग्रहौँ प्राथमिक अस्पतालमा छोरालाई जन्म दिइन्। एक वर्षअघि जेठमा भागी बिहे गरेकी परियारलाई बिहे गर्न २० वर्ष पुग्नुपर्छ भन्ने थाहै थिएन। न त उनलाई थाहा थियो सानै उमेरमा आमा बन्न हुन्न भनेर। भागी बिहे गरेकी परियार कलिलै […]
राउटे युवक वृषबहादुरको मृत्यु, जनसङ्ख्या १३४ मा झर्यो

काठमाडौं । लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षका वृषबहादुर शाही रहेका छन् । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा टिबी भएको बताएका थिए । उनको कलेजो, मुटुमा पनि धेरै क्षति पुगिसकेकोले उपचार […]
आजदेखि सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले […]
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै

कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको […]
आज हरितालिका तीज, शिव–पार्वतीको आराधना गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदैछ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक […]
तीजको दर के खाने के नखाने ?

तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने परम्परा छ । भोलिपल्ट तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन चलेको हो । अहिले दरखाने परम्परागत तरिकामा परिवर्तन आउन थालेको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा […]